
धादिङ माघ २५ । संरक्षित चितुवाको दाह्रा सहितको टाउको सहित बोकी हिंडीरहेको बेलामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी ६ घर का २३ वर्षिय सन्तोष आले मगर, जिल्ला काभ्रे १२ का २० वर्षिय सुजन थिङ र काभ्रे रोसी १२ घरका १८ वर्षिय मिङमार मोक्तान छन् ।
उनीहरुलाई सुन्धारा स्थित काठमाण्डौ मल अगाडी यस महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आईतबार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
