प्रचण्डलाई आफैं उपस्थित भई लिखित जवाफ दिन सर्वोच्चको आदेश

Avatar photo
Dhadingpost
माघ २१, २०७७

काठमाडौं माघ २१ । प्रचण्ड विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रचण्डलाई आफैं उपस्थित भई लिखित जवाफ दिन आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित भै लिखित जवाफ दिन आदेश गरेको हो ।

प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।