
धादिङ माघ १९ । बागमती प्रदेश सभाको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको भन्दै प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।
बैठक बोलाउन माग गर्दै प्रचण्ड– माधव पक्षका प्रदेशसभा सदस्यहरुले आज हेटौँडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका हुन् ।
सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति नै बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको भन्दै सूचना जारी गरेका थिए ।
