
धादिङ माघ ४ । धादिङको सिद्धलेक गाउँपालिका २ नलाङ स्थित ज्यामिरस्वाँरामा निशुल्क मोतियाविन्दुको अपरेशन एवं दन्तरोग शिविर हुने भएको छ ।
चक्रदेवी सामुदायिक समाज नेपाल सिद्धलेक २ धादिङ र नलाङ मोडेल एकेडेमीको आयोजनामा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र द यिअर्ली ट्रष्टको को प्राविधिक सहयोगमा यहि माघ १२ गते देखि १४ गते सम्म शिविर हुन लागेको शंकर सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।
शिविरमा निशुल्क आँखाशिविर, मोतियाविन्दु अपरेशन सेवा, आवश्यक चस्मा वितरण र दन्त रोग उपचार गरिने छ । मोतियाबिन्दुको शंका नभएका र आँखाको दृष्टिमा देखा परेका समस्यालाई नलाङ मोडेल एकेडेमीमा माघ ९ गते आँखा जाँच गरिने बताईएको छ ।

