फेसबुक पेजको माध्यामबाट ठगि गरेको आरोपमा शिब खड्का पक्राउ

Avatar photo
Dhadingpost
पुस २९, २०७७

काठमाडौं पुस २९ । फेसबुक पेजमा को विज्ञापन राखेर ठगि गरेको आरोपमा शिव खड्कालाई प्रुहरीले पक्राउ गरेको छ ।

दोलखा जिरी नगरपालिका वडा नं ८ घर भएका खड्कालाई फेसबुक पेजबाट ४३ जना युवाहरुबाट रकम ठगि गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले सामाजिक संजाल Facebook मा Job Vacancy को Page बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु. १५००-३५०० सम्म Esewa मार्फत डिपोजिट गर्न लगाएका थिए ।