
धादिङ पुस २५ । धादिङको खनियाबास गाउँपालिकामा प्रधान मन्त्री केपी शर्मा ओली पक्षधर नेकपाले गाउँपालिकाको भेला तथा साँस्कृतिक कार्यक्रम झर्लाङमा सम्पन्न गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् विघटित संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको भेला तथा साँस्कृतिक कार्यक्रम शुक्रबार खनियाबास गाउँपालिकाले झर्लाङमा आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि लोहनीले आधिकारीक मुलधारको नेकपाको नेतृत्व ओलीले नै गर्नु भएको जनताले बुझि सकेका छन् । मुलुक भर भएका कार्यक्रमहरुलाई हेर्ने हो भने पनि कमरेड ओलीकै पक्षमा नेता तथा कार्यकर्ताहरु देखिएका छन् । ओलीको विरुद्धमा भ्रम छर्न गाउँ दौडिएकाहरुको कार्यक्रमका कार्यकर्ताहरुको सहभागीता देखेर आफैलाई दया लाग्ने गरेको समेत नेता लोहनीले बताउनु भएको भेलामा सहभागी एक नेताले धादिङपोष्टलाई बताए ।
हामी पुन जनतामा आएका छौं बैशाखमा चुनाव हुन्छ, हिजो देखि आज सम्म भ्रमको खेती गर्नेहरुले नेकपालाई विकास र समृद्धिमा लान नदिएकोले अब ओली कमरेडले नै नेकपाको नेतृत्व गर्न लाग्नु भएको समेत लोहनीले दावी गर्नु भएको थियो ।
भेलाले सजिना थापा मगर अध्यक्ष र सुके गुरुङ सचीव रहने गरि ७५ सद्स्यीय पालिका कमिटी समेत गठन गरेको थियो ।
