
धादिङ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संयोजक दिपशिखाले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले होम आइसोलेसनमै रहेको जनाउनु भएको छ ।
