
धादिङ पुस १७ । धादिङको गजुरी बजारमा रहेको आदर्श बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका छन् ।
रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठका अनुसार क्याम्पसको युवा रेडक्रस सर्कलले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा गजुरी स्थित सिद्धेश्वर महादेव मन्दिर परिसरमा भएको थियो ।
२६ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेको उक्त कार्यक्रममा सहभागि हुँदै गनुरी गाउँपालिका उप प्रमुख सिता ढुङ्गानाले देशलाई चाहिए ज्यान दिने भनेको हो बेला बेला रगत दान गर्दा नि आनन्द आंउछ, अंग्रेजी बर्षको सुरुवात । भनेर आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ ।
