डोरमणि मुख्यमन्त्री हुन, अब काँग्रेसको साथ चाहिने

Avatar photo
Dhadingpost
पुस ११, २०७७

काठमाडौं पुस ११ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनी बिरुद्ध प्रचण्ड नेपाल समुहका ४५ सांसदले हस्ताक्षर गरि अविस्वासको प्रताव दर्ता गरेका थिए । बागमती प्रदेशमा नेकपाको ८० सांसदमध्ये प्रचण्ड नेपाल समुहमा ४५ जना र ओली समुह चर्फ ३५ जना सांसद छन् ।

४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको भएपनि प्रदेशसभाबाट पारित हुन कम्तीमा बहुमत सदस्य अर्थात ५६ जजा सांसदको आवश्यक पर्छ । २२ सांसद रहेको नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ । यस अर्थमा पनि पौडेल पुन मुख्य मन्त्री बन्न काँग्रेसको साथ चाहिने देखिएको छ । साना दलको सांसद ८ रहेता पनि उनीहरु निर्णायक छैनन् ।