
धादिङ पुस १० । इसाईहरूको आज क्रिसमस पर्व विश्वभर मनाईदै छ । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बर अर्थात आजको दिन ख्रिष्टियन धर्मावलम्बीले यो पर्व मनाउने गदैछन् ।
आज चर्चहरुमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामना सहित प्रार्थना गर्ने गर्दैछन् ।
क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । काठमाडौंको ठमेललगायतका स्थानहरुमा गएराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो ।
आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ । Photo: wikipedia
