नेकपा फुटको संघारमा दुबै पक्षले बोलाए, सांसदहरुको बैठक

Avatar photo
Dhadingpost
पुस ६, २०७७

काठमाडौं पुस ५ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताले पूर्णता नपाउँदै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधि सभा विघटन गरे सँगै नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेका छ ।

नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।