बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन

Avatar photo
Dhadingpost
पुस ५, २०७७

धादिङ पुस ५ । प्रभावशाली नेताको रुपमा परिचित बुद्धिमान तामाङको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघर्ष समिति गठन गरेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका तामाङ पूर्व गृहमन्त्री समेत हुनुहुन्छ उहाँ कै नेतृत्वमा राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलनमा जान संघर्ष समिति गठन गरेको हो । राप्रपाले पुस १७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।