
धादिङ पुस २ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले एक जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।
टेन्ट राति सुति रहेको अवस्थामा छापा मारि शसस्त्र प्रहरीले खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’रहेका छन् ।
प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका १२ थान सिम, दुई वटा ट्यांकलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको जनाएको छ ।
