
काठमाडौं पुस १ । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ ।
सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । नेकपा भित्रैबाट चर्को आलोचना र स्थायी समितिको बैठकमा समेत फेस गर्नुपर्ने भए सँगै अध्यादेश फिर्ता लिन सहमत हुनुभएको बताईएको छ ।
