
काठमाडौं मंसिर २९ । कोभिड १९ को कारण नौ महिनासम्म सर्वसाधारणका लागि बन्द भएको पशुपतिनाथ मन्दिर बुधबार देखि खुला हुने भएको छ ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर मङ्गलबार बिहान क्षमा पूजा गरे सँगै पुस १ गते बुधबारदेखि पशुपती मन्दिर सर्वसाधरणका लागि खुला हुने भएको हो ।
लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् ।
मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनु भयो ।
