धादिङमा कोरोना संक्रमित निको हुनेको संख्या १३ सय ७६ पुग्यो

Avatar photo
Dhadingpost
मंसिर २९, २०७७

धादिङ । धादिङ जिल्लामा कोरोना भाईरसको संक्रमणबाट निको हुनेको संख्या १३ सय ७६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज सोमबार ५ जनालाई पूर्ण निको भए सँगै कोरोना मुक्त हुनेको संख्या १३ सय ७६जना पुगेको हो ।

सोमबार धादिङमा पोजेटिभ संख्या शुन्य रहेपनि हाल सम्म १४ सय ९० जनालाई कोरोना पोजेटिभ देखिई सकेको छ ।