
धादिङ मंसिर २८ । धुनीबेसी नगरपालिका स्थित धार्के बजारमा ६ जना महिला र ६५ जना पुरुष गरी ७१ जनाले रक्तदातन गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी धुनीबेसी उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त रञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा धार्केको तरकारी बजारमा आईतबार उक्त रक्तदान सम्पन्न भएको थियो ।

