
धादिङ मंसिर २८ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्ष सम्म चलेको जनयुद्धमा सहदत प्राप्त गर्ने सहिदहरु मध्य एक योद्धा हुन् सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका हरि प्रसाद तिमल्सिना (जनक) । जनतामा स्थापित नेताका रुपमा परिचित तिमल्सिनालाई धादिङको ज्यामरुङ्ग तत्कालिन शाहिसेनाले पेटीले झुण्ड्याएरबयोवृद्ध हरिलाई ०६० साल मंसिर २८ गते गोली हानी हत्या गरेको थियो ।
हरि तिमल्सिनाको बारे संक्षित जानकारी
धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीका हरि तिमल्सिना पिता खडानन्द तिमल्सिना र माता तारादेवि तिमल्सिनाको कोखबाट वि. स. २००२ साल असार १४ गते बुधबारको दिन कान्छो छोरोको रुपमा जनक जन्मनु भयो । उहाँको दाजु रामनाथ, बहिनी दिल कुमारी साथै श्रीमती विष्णु कुमारी, छोरा दुर्गा प्रसाद, छोरीहरु रोजीना, शान्ता, सुर्यकला, जानुका हुनु हुन्छ ।
उहाँले धादिङ पिंडा ३ रामचेबाट १० पास गर्नु एको हो भने, काठमाण्डौबाट एस.एल्.सि.सम्मको अध्यन पुरा गर्नु भयो । कृषि, राजनिति, शिक्षक पेशालाई सँग सगै अगाडी बढाउनु भयो ।
चितवनको जुगेडी, जुट्पानी संघर्षमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुृ भयो ।
उहाँले ०२८ सालमा नै कम्युनिष्ट पाटी सदस्यता प्राप्त गर्नु भएको थियो । चौथो महाधिबेशन पछि चौमबाट सर्र्वहारावादी श्रमिक संगठनमा आवद्ध उहाँ २०५२ सालमा एकता केन्द्र मसालबाट माओवादीमा एकीकरण हुनुभयो । उहाँले ०२८ साल पछि चितवन जिल्ला सर्वाहारा श्रमिक संगठनको नेतृत्व गर्दै मोहन मा.बि.निपनीमा र पछि धादिङ कुम्पुर भन्ज्याङमा अध्यापन गराउनु भयो ।
जुगेडी संघर्ष पछि जेल पर्नुभयो । माओवादीमा सक्रिय हुनुभए पछि फेरि ०५८ पुष ५ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित धुषाबाट गिरफ्तार पर्नुभयो र ०५९ साल वन्दी प्रत्यक्षीकरणको रिटले रिहा हुनु भयो ।
०५८ मा पुर्णकालिन राजनितिकमा प्रवेश गर्नु भएको हरी किसान संघ क्रान्किारीको जिल्ला उपाध्यक्ष ०५९ हुनु भयो । उहाँ जिल्ला पार्टी सदस्य पनि हुनुहुन्थ्यो । यसरी अविचलित एक कर्मठ नेता संगठनको काममा धादिङको ज्यामरुको तिमल्सिना गाउँमा पुग्दा तत्कालिन शाहीसेनाले वस्ती घेरा हाल्यो । हरि गिरफ्तार हुनुभयो ।
सेनाले चरम यातना दिदै पार्टीका गोप्य कुरा सोध्न थाल्यो तैपनि गल्नु भएन अन्तमा कम्मरमा लगाएको पेटीले झुण्ड्याएर दुश्मनले बयोवृद्ध हरिलाई ०६० साल मंसिर २८ गते गोली हानी हत्या गरेको थियो ।
