धादिङमा आज २ जनालाई कोरोना पोजेटिभ

Avatar photo
Dhadingpost
मंसिर २७, २०७७

धादिङ मंसिर २७ । धादिङको नीलकण्ठ नगरपालिका वड नम्बर ७ का ६७ वषिृय पुरुष र ३७ वर्षिय महिला गरी दुई जनालाई कोरोना पोजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय ८५ जना पुगेको छ भने यस मध्य १३ सय ५१ जना पूर्ण निको भएर घर फर्किएका छन् ।