
धादिङ मंसिर २७ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औँ साधारणसभा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ ।
शुक्रबार सम्पन्न उक्त साधारण सभा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका संचार माध्ययमलाई लोक कल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराउने प्रदेश सरकारको नीति रहेको बताउनु भएको थियो ।
