सातामा दुई दिन बिदा दिन, अध्ययन समितिको सिफारिस

Avatar photo
Dhadingpost
मंसिर २५, २०७७

काठमाडौं मंसिर २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सक्ने प्रतिवेदन सरकारलाई बुझाएको छ ।

गत असोज ८ गते बसेको उच्च व्यवस्थापनको बैठकले कोरोनापछि पर्यटक वृद्धि गराउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो सोको लागि सरकारले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई दुई दिन बिदा दिन सक्ने प्रतिवेदन सरकारलाई बुझाएको हो ।