सर्वदलीय बैठक सकियो, दलहरुद्वारा सरकारको आलोचना

Avatar photo
Dhadingpost
मंसिर २३, २०७७

काठमाडौं मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा भएको सर्वदलीय बैठक सकिएको छ । तीन घण्टा बसेर सकिएको उक्त सर्वदलीय बैठकमा दलहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका समूहको सक्रियता बढेको तपाईहरुले सरकारलाई सहयोग गर्नु पर्यो ओलीले भन्नु भयो हामीले पनि जनताको भावना अनुरुप सरकार चल्न नसकेको सुिझाव दियौं बैठकमा सहभागि राप्रपा नेता दीपक बोहोरा जानकारी दिनु भयो ।

यसै बीच प्रधान मन्त्री ओलीले दलहरुलाई भिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गर्नुभएको थियो ।