रेड पाण्डाको छालाका सहित ३ जना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर १९, २०७७

काठमाडौं मंसिर १९ । संरक्षित तथा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रेड पाण्डाको छाला सहित पक्राउ पर्नेमा खोटाङ्ग खोटेह्याङ गाउँपालिकाका १ घ भएका ३० वर्षिय मनोज मगर, सोहि स्थान बस्ने ३० वर्षिय रवन बस्नेत र उदयपुर रौतामाई घर भएका केशर बहादुर मगर छन् ।

उनीहरुलाई गोकर्णेश्वर न. पा. वडा नं. ५ नारायणटार स्थित zoom café and banquet बाट बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।