प्रधानमन्त्री ओलीलाई ३ दिने अल्टिमेटम

Avatar photo
Dhadingpost
मंसिर १७, २०७७

काठमाडौं मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज तय गरिएको आजको सचिवालय बैठकमा प्रधान मन्त्री केपी शर्माओली नआए पछि ३ दिने अल्टिमेटम दिएको एक सचिवालय सदस्यले बताउनु भयो ।

अध्यक्ष ओली आजको बैठकमा नआएपछि ३ दिने अल्टिमेटम दिँदै आगामी २० गते सचिवालयको बैठक बस्ने गरि स्थगित भएको ति सदस्यले धादिङपोष्टलाई बताउनु भयो ।

बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने, यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।