
धादिङ मंसिर १५ । धादिङमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ सय ७७ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङमा आज थपिएका ३ जना सहित कोरोना पोजेटिभ पुष्टि भएका १४ सय ८ जना कोरोना संक्रमित मध्य १२ सय ७७ जना कोरोना मुक्त बनेका हुन् ।
आज थपिएका ३ जनामा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का ६४ बर्षिय पुरुष, वडा नं १३ का ३२ बर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ की २१ बर्षिया महिला छन् ।

