
धादिङ मंसिर १४ । धादिङ जिल्लामा आज (आईतबार) १८ जना कोरोना संक्रमितहरु थपिएको जिल्ला स्वाथ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ०५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना पोजेटिभहरुमा गजुरी गाउँपालिका र त्रीपुरासुन्दरी गाउँपालिकामा ४-४ जना नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ २-२ जना, धादिङ अस्पतालमा ३ जना, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, खनियाबास गाउँपालिकामा १-१ जना रहेका छन् ।

