
काठमाडौं मंसिर १४ । भन्सार छलि चोरी निकासी गरी ल्याएको सुन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरण
मिति २०७७/०८/१२ गते गते दिउसो अन्दाजी १३:०० बजेको समयमा सिनांमगल स्थित गोल्डेन गेट अगाडी गंगा बहादुर थापा मगरको साथबाट नगद ११,८६,५००/-( एघार लाख छयासी हजार पाँच सय ) राजश्व छलि गरी ल्याएको सुनको बालाहरु फेला पारी बरामद गरिएको ।
काठमाण्डौ को कोटेश्वरमा स्काई ज्वलेर्स संचालन गरि बस्ने कुमार सेन्चुरीलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आई मिति २०७७/०८/१४ गते उक्त ज्बलेर्सबाट सुनको बाला ३ थान अन्दाजी (तौल१४९.९५ ग्राम) फेला पारी बरामद फेला पारी बरामद गरिएको ।
साथै भन्सार चोरी निकासी गरी ल्याएको बेबारिसे अबस्थामा फेला परेको सेतो रंगको हालको मुल्य रु २,२५,०००/- पर्ने बुलेट मोटरसाईकल त्रिभुबन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– गंगा बहादुर थापा मगर
उमेर :– ३२ बर्ष
ठेगाना:–जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा न ४
हाल:- का.जि .का.म.न.पा. वडा न १५
२) नाम:– कुमार सेन्चुरी
उमेर :– ३२बर्ष
ठेगाना:– जिल्ला तेह्रथुम छथर गा.पा. वडा न ४
हाल :- का.जि. का.म.न.पा. वडा न ३२
बरामद सामानहरु:-
१. सुनको बाला ३ थान ( १४९.९५ ग्राम)
२. नगद रु ११८६,५००।-
३. बुलेट मो.सा. थान १
फाईत तस्वीर
