
धादिङ मंसिर ११ । बागमती प्रदेश सरकारले सङ्घीय राजधानी हेटौंडा जोड्ने गरी काठमाडौँ लगायत विभिन्न शहरमा सरकारी बस सञ्चालन गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश अन्तर्गत काठमाडौँ लगायत विभिन्न शहरमा केही महिना भित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न गृहकार्य सुरु गरिसकेको बताउनु भएको हो ।
मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको समेत मन्त्री फुयाँलले बताउनु भयो ।
