
धादिङ मंसिर ८ । धादिङ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १३ सय ६७ जना पुगेको छ । जसमा २३ जना आज (सोमबार) थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा खनियाबास गाउँपालिकाकामा ६ जना, जिल्ला अस्पताल धादिङमा ५ जना नीलकण्ठ नगरपालिका, गजुरी र बेनीघाट रोराङ गाउँपालिकामा २-२ जना, धुनीबेसी नगरपालिका, गल्छी, ज्वालमुखी र त्रीपुरासुन्दरी गाउँपाकिलामा १-१ जना रहेका छ् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार हाल सम्क्रमित मध्य १२०९ जना कोरोना संक्रमणबाट मुक्त भई सकेका छन् ।

