एम्बुलेन्स चालक भेषराजले आँगनमा पुजाको सामाग्री तयारी हुँदा पनि यो वर्ष टिका लगाउन पाएनन्

Avatar photo
Dhadingpost
मंसिर २, २०७७

धादिङ मंसिर २ । धादिङका एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरी टिकाको दिन बिहानै विरामी लिएर काठमाडौं गए । १२ बजे काठमाडौंबाट फर्कदैं गर्दा गल्छी आईपुगेर घरमा फोन गरे म आउँदै छु टिकाको तयारी गर्दै गर्दा हुन्छ ।

घरमा टिकाको लागि पर्खि बसेका चेलिबेटीहरु दियो कलश, पुजाका सामाग्री र अन्य सबै तयारी गरेर बसे, उनी साँढे १ बजे धादिङबेसी स्थित रायटार घरमा आईपुगेर एम्बुलेन्स रोक्न मात्र भ्याएका थिए, फोन आयो धादिङबेसीमा मोटर साइकल दुर्घटना भयो, ४ वर्षे बालक सहित २ जना गम्भीर घाईते छन् , तुरुन्त काठमाडौं लानु पर्ने भयो, एम्बुलेन्स चाहियो ।

उनले नजिकका एम्बुलेन्सलाई कल गरे, अस्पतालको एम्बुलेन्स साँकोषमा विग्रिएर बसेको छ भन्ने जवाफ आयो भने अन्य एम्बुलेन्सहरुलाई सम्पर्क हुन सकेन । उनी एम्बुलेन्सबाट ओलिएनन् र फर्केपछि टिका लगाउने आश्वासन दिएर उनी फेरि जिल्ला अस्पताल आए ।

धादिङबेसी कारागार अगाडी मोटर साइकल दुर्घटनामा परेका घाईतेहरु ४ वर्षिय अविरल सेढाँई र २० वर्षिय दिनेश सेढाईलाई लिएर उनी फेरि काठमाडौं ट्रमासेन्टर पुगे ।

घरमा पुजाका सामाग्रीहरु आँगनमा रहि रहे, बीच-बीचमा घरमा फोन गरि रहेका भेषराज ठकुरी टिकालाउने र घर परिवारमा तिहारको खुसीयाली मनाउने अभिलासा सहित घर आईपुग्दा साँझ परि सकेको थियो ।

दिउँसो जस्तै उनी घरमा पुगेर एम्बुलेन्स रोक्न मात्रै के भ्याएका थिए फेरि फोन आयो, बुढाथुमबाट १ महिना डेट पार भैसकेको सुत्केरी जिल्ला अस्पतामा हुनुहुन्छ उक्त महिलालाई तत्काल काठमाडौ लानु पर्ने भयो एम्बुलेन्स चाहियो ।

यो पटक भने उनले बाटैबाट टिका भन्दा मान्छेको ज्यान बचाउनु ठुलो कुरा हो, म फेरि काठमाडौं जानु पर्ने भएको घरमा जानकारी गराए । आफुले टिका लगाउन नपाएको गुनासो ठकुरीले आफ्नो फेसबुकमा पोष्ट गर्नुभएको छ ।

फेसबुक स्टाटस जस्ताको तस्तैः

अरुको फेसबुकमा देखीनछ दसै तिहारका रर्माइलो फोटो
सबैलाई तिहार आउछ दसै आउछ औसी पुर्ने आउछ
मेरो तस्बीर सधै उस्तै हाम्रो पनी थिए दिदि बहिनिहरु
रमाइलो गर्ने मन हाम्रो पनी थियो होला
तर मान्छेको जयान बचाउंन ठुलो कुरो हो
तिहारको टिकाको दिन 4बर्सको अबिरल सेदाई
20बर्सको दिनेस श्रेष्ठलाई ट्रमा सेन्टर काठमाडौ
र सुत्केरिलाई थापाथली काठमाडौँ लागी उहाहरुको जिबन रछया गरियो तर जिल्ला अस्पताल को रिफर केस हो यो सबै
आज Ambulance को हिरो म भोलीबाट को को हून
जन्ता आफै बुज्चछन काम गर्ने कालू मकै खाने भालु
सम्बन्धीत निकायको ध्यान जाओस