
काठमाडौं मंसिर १ । हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक पनि रहेका छन् । मृतक मध्य ३ महिला र ४ पुरुष रहेका छन् । यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ।
घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन् । क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन् ।
