धादिङमा कोरोना संक्रमितको संख्या १३ सय पुग्यो, आज थपिए १८ जना

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७७

धादिङ कार्तिक २९ । धादिङ जिल्लामा हाल पछिल्लो २४ घण्टामा कोरोना पोजेटिभ देखिएका १८ जना सहित संक्रमितको संख्या १३ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा धादिङ अस्पतालमा ६ जना, नीलकण्ठ नगरपालिकामा ४ जना, धुनीबेसी नगरपालिकामा ३ जना, त्रीपुरासुदरी गाउँपालिकामा, सिद्धलेक गाउँपालिकामा २-२ जना र गजुरी गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा हाल सम्म देखिएका संक्रमित मध्य १ हजार ८८ जना निको भएर घर फर्कि सकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।