केशरी पन्तलाई भेन्टिलेटरमा राख्न काठमाडौं लगियो

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७७

धादिङको आइसोलेशनमा पाँच दिन राख्दा पनि पिसिआर टेष्ट गरिएन

धादिङ कार्तिक ६ । धादिङका सरोकारवाला निकाय निकायहरु कति सम्म गैर जिम्मेवार बन्दै छन् भन्ने कुरा आम नागरिकले सजिलै सँग महसुस गर्न थालेका छन् ।

धादिङका शैक्षिक आन्दोलनमा लामो समय सम्म वेतित गरेका नेत्रावती डब्जोङ स्थित केशरी प्रसाद पन्त कोरोना संक्रमणको आशंकामा कार्तिक २ गते जिल्ला अस्पताल गए सँगै जिल्ला स्थित कृषि ज्ञान केन्द्रमा बनाईएको आइसोलेशनमा राखियो ।

अक्सिजनको कमी र अन्य लक्ष्यण देखिदा पनि पन्तको स्वास्थ्य कार्यालयले आइसोलेशनमा बसेको ५ दिन विति सक्दा समेत पीसीआर टेष्ट गरेन । उहाँ धेरै कमजोर बन्दै जानु र स्वास प्रश्वासमा समस्या भए सँगै भेन्टिलेटरमा राख्नु पर्ने अवस्था सृजना भयो ।

बुधबार दिनभर पन्तलाई काठमाडौं लान एम्बुलेन्स खोजियो तर धादिङबेसी र धादिङबेसी आसपासका एम्बुलेन्सले पन्तलाई लान तयार भएनन् । अत्यन्त पिडामा छट्पटाहट अवस्थामा पन्तलाई आफ्नै गाउँ नेत्रावती डब्जोङ मार्पाकबाट एम्बुलेन्स बोलाईयो र २४ घण्टा पछि बिहिबार बिहानै काठमाडौ लगियो ।

काठमाडौं स्थित टेकु अस्पतालले पीसीआर रिपोर्ट नभएको बिरामीलाई भर्ना लिन नमाने पछि पूर्व मन्त्री कल्पना धमला अस्पतालमा पुगे रै धादिङमा भएको लापर्वाहीले पन्तको ज्यान जोखिममा रहेको बताए पछि स्वास्थ्यकर्मीहरुले तत्काल पीसीआर परिक्षण गर्ने र १ घण्टामा रिपोर्ट आएपछि भेन्टिलेटरमा राख्न तयार भए । यो समाचार तयार पार्दा सम्म पन्तलाई भेन्टिलेटर सम्म पु्याउन सकिएको छैन ।

धादिङपोष्ट सँग कुरा गर्दै पूर्व मन्त्री धमलाले धादिङमा देखिएको एम्बुलेन्स संचालन र स्वास्थ्य र अस्पतालको कमजोरी मन्त्रालयमा समेत राख्ने बताउनु भयो । यो अति भयो । ६ दिन आईसोलेशनमा राखिएको मान्छेको पीसीआर परिक्षण नगर्ने कहाँ सम्म, धादिङमा यो चरम लापर्वाही भएको धमलाको धारणा छ ।

हामीले जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमला सँग किन यस्तो भयो भनेर प्रश्न गरेका थियौं । पन्त सर ढिलो गरि कार्तिक २ गते मात्रै अस्पताल आउनु होे । त्यो भन्दा पछि सीपीआर भएको छैन त्यहि भएर छुट्नु भएको हो । किट पठाउने स्वास्थ्य कार्यालय हो ग्रुप बनाएर परिक्षण गरिदै आएको हो त्यहि भएर उहाँको पीसीआर परिक्षण छुट्न गएको अध्यक्ष धमला बताउनु हुन्छ ।

चरम लापर्वाही देखियो, सिडियो, एसपी, स्वास्थ्य प्रमुख र अस्पतालको अध्यक्षलाई फोन गरेर जिम्मेवारीबाट भाग्न पाउने अधिकार नभएको बताएको नेकपा नेपा पुष्प विक्रम मल्लले धादिङपोष्टलाई बताउनु भयो ।

के हो ? पीसीआर परिक्षणको लागि स्बाव संकलन गर्न पनि लाईन लगाएर ग्रुपमा गर्ने हो ? ग्रुप नपुगेर पीसीआर परिक्षण नगर्ने भन्ने कुरा गैर जिम्मेवार भएको र जिल्लामा रहेका एम्बुलेन्स चालकहरुको माग सम्बोधन गरि एम्बुलेन्स संचालनमा प्रमुख जिल्ला अधिकारीले तत्काल सहज नबनाए आफुहरु कडा ढंगले प्रस्तुत हुने समेत मल्ले बताउनु भयो ।