गजुरीमा ९० जनाले रक्तदान गरे

Avatar photo
Dhadingpost
अशोज ७, २०७७

धादिङ असोज ७ । देशभरको रक्त केन्द्रहरका रगतको अभाव भईरहेको बेला धादिङमा नियमित जसो रक्तदानको कार्यक्रमहरु हुन थालेका छन् । मंगलबार मात्र धादिङको गजुरी बजारमा ९० जनाले रक्तदान गरेका छन् ।

सामाजिक सेवा दिवसको अवसरमा गजुरीमा भएको उक्त रक्तदान कार्यक्रममा १० जना महिला र ८० जना पुरुष गरि ९० जनाले रक्तदान गरेका हुन् ।