
धादिङ असोज ४ । धादिङबेसी सदरमुकामबाट ६ किलोमिटरको दुरी पार गरे पछि मुरली भञ्ज्याङ आरनटारमा धादिङका भुतपूर्व सैनिकहरुद्वारा संचालित बाख्रा फर्ममा पुग्न सकिन्छ ।
धादिङमा अनुमानित ३ हजार ३०० भुतपूर्व सैनिकहरु छन् । ति मध्ये ९१७ जना मिलेर धादिङबेसीमा भुतपूर्व सैनिक बहुउद्धेश्यीय सहकारी संचालनमा ल्याएका छन् । उनीहरुले सहकारी मार्फत वचत तथा ऋणको कारोवार पनि गर्छन् भने १३ रोपनी जग्गा खरिद र अन्य भाडामा गरी ७० रोपनी जग्गामा घाँसखेती गरी बाख्रा पालन गरि रहेका छन् ।

२०० वटा बाख्र पालन गर्ने गरि तयारी गरिए पनि अहिले यस भुतपूर्व सैनिक बाख्रा फारममा ७५ वटा बोयर, खरी र जमुनापारी क्रसजातका बाख्राहरु रहेको व्यवस्थापक सुर्य नारायण श्रेष्ठले धादिङपोष्टलाई बताउनु भएको छ ।

संचालनमा आएको १ वर्ष मात्र भयो आम्दानीको लागि अझै एक वर्ष कुर्नु पर्ने व्यवस्थापक श्रेष्ठ बताउनु हुन्छ । उहा भन्नु हुन्छ, एउटै बोयर जातको बोका १ लाख ५० हजार तिरेर ल्याएका छौं, पाठीलाई ७० हजार सम्म तिरेर खरिद गरिएको लगानीको हिसावले भौतिक सुंरचना सहित १ करोडको हाराहरीमा भयो अहिले सम्म हामी लगानी कै चरणमा छौ ३ जना स्टाफ छौं ६ भारी घाँस दैनिक खान्छन् बाख्रा पाल्न सजिलो त छैन तर पनि हामी नमुना बाख्रा पालन फर्म बनाएर छाड्ने प्रतिवद्धता अनुरुप अगाडी बढेका छौ ।

हामीले ब्याडको लागिकाम नलाग्ने यो वर्ष पनि ६ वटा बोका र ४ वटा पाठी बेच्यौं, बजारको अभाव छैन, बर्कम्ला ३५० रुपैया बोरो बिक्रि हुँदै आएको छ, दैनिक २ बोरा बर्कम्ला उत्पादन हुन्छ दानाको लागि यहि बर्कम्ला बेचेको पैसाले पुग्ने गरेको समेत उहाँले बताउनु भयो ।

अहिले यो एक हप्तामा ७ वटा माउ बाख्रा ब्याएका छन्, भने २२ वटा आजभोली भएका छन् । बाख्रा पालेर घाटा छैन । विदेश जान खोजेका युवाहरुले २० वटा बाख्रा पाले मात्र पनि विदेशमा कमाउने पैसा खोजेका कमाउन सकिने व्यवस्थाप पूर्व सैनिक श्रेष्ठ बताउनु हुन्छ ।



