धादिङमा आज ३१ जना थपिए यो सँगै संक्रमितको संख्या ३८० जना पुग्यो

Avatar photo
Dhadingpost
अशोज ४, २०७७

धादिङ असोज ४ , धादिङ जिल्लामा आज (आईतबार) एकै दिन ३१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा अहिले सम्म संक्रमित संख्या ३८० जना पुगेको छ

आज संक्रमित हुनेमा सबै भन्दा धेरी गल्छी गाउँपालिकामा १५ जना रहेका छन् । यस्तै ज्वालामुखी गाउँपालिकामा ४ जना, नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, गजुरी गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डब्जोङ गाउँपालिका र सिद्धलेक गाउँपालिकामा २-२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।