गजुरीको बजेटमा यस्ता छन्, आकर्षक कार्यक्रम

Avatar photo
Dhadingpost
भदौ ९, २०७७

धादिङ भाद्र ९ । धादिङको गजुरी गाउँपालिकाल असार मसान्त भित्र सार्वजनिक गरि सक्नु पर्ने ०७७र७८ को बजेट सोमबार सार्वजनिक गरेको छ ।
मिडियामा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतका कारण बजेट आउन नसकेको समाचार प्रकाशित भए सँगै गजुरी गाउँपालिकाले भाद्र ८ गते एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

स्वास्थ्य: ३ करोड ५१ लाख विनियोजन

  • कोरोना रोकथाम र नियन्त्रण शिर्षकमा रु. २० लाख
  • गर्भवतीहरुलाई दोहोरो एम्बुलेन्स सेवा, पुर्व सुत्केरी प्रतिक्षा घर संचालन लगायतको खर्चको लागि रु २० लाख
  • गजुरी, किराञ्चोक तथा पिंडा स्वास्थ्य चौकीबाट ल्याब सेवा गर्न रआवश्यकीय उपकरण तथा औजारहरुको लागि आवश्यक रकम रु १२ लाख
  • निःशुल्क औषधीहरु उपलब्ध गराउन रु. २५ लाख
  • गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको गजुरी स्थित २ रोपनी जग्गामा ूर्व सुत्केरी प्रतिक्षा घरको निर्माण गर्न संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रु. ५० लाख
  • रेडक्रस धादिङसँग समन्वय गरेर निःशुल्क रगतको व्यवस्था कार्यक्रम रु. ५ लाख
  • शव वाहन खरिद रु.१५ लाख
  • प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको भवन निर्माण गर्न प्रदेश सरकारको रु.१ करोड
  • स्वास्थ्य बद्र्धक जडीबुटीहरुको संरक्षण वृद्धि गराउन आयुर्वेद सेवाको लागि रु. १२ लाख
  • माध्यमिक विद्यालयहरुमा भेन्डिङ मेसिन र स्यानिटरी प्याड डिस्पोजल मेसिनको संघीय सरकारको शर्शत अनुदानका रुपामा प्राप्त रु. २० लाख
  • “स्वास्थ्य संस्थामा सरकार कार्यक्रम” रु ६ लाख
  • शिक्षा, स्वास्थ्य, महिला वालवालिका सवैको समन्वयमा लगानी योजना तयार गरी घोषणा गर्ने व्यवस्था मिलाउन रु. ५० लाख
  • ग्रामिण आँखा केन्द्र गजुरीलाई रु. ३ लाख

कृषि तर्फः १ करोड ४३ लाख

  • कोसेली घर कार्यक्रम संचालन गर्न रु.५
  • सी.एम.डी.पी. परियोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स खरिद गर्न रु ५ लाख
  • सित भण्डारण संचालनका लागि यस आ.व.मा शर्सत तर्फ रु ५३ लाख र आन्तरीक तर्फ रु ८०००००० गरि कुल १ करोड ४३ लाख

पशु सेवा तर्फ

  • गाई भैसी स्याहार कार्यक्रम रु ३५ लाख विनियोजन
  • पशुआहार तथा पशु उत्पादन कार्यक्रमको लागि रु १० लाख विनियोजन

सहकारी तर्फ

  • तालिम , व्यवस्थापन, अनुगमन गर्न एकमुष्ट रु ५ लाख ५० हजार विनियोजन
  • व्युटि पार्लर, हेयर कटिङ्ग तालिम गर्न रकम रु. १ लाख ५० हजार विनियोजन

पर्यटन तर्फ

  • रामबहादुर पण्डित स्मृति पार्कको लागि रु २५ लाख
  • पुष्पलाल स्मृती पार्कको लागि रु २५ लाख

शिक्षा तर्फ

  • चेपाङ छात्राबासको लागि रु. ७ लाख
  • विद्यालयको शिक्षाको गुणस्तर वृद्धिका लागि शैक्षिक क्यालेनण्डर निर्माण गर्ने , माध्यमिक विद्यालयलाई सुचना मैत्री वनाउदै जानका लागि स्मार्टवोर्ड तथा ईन्टरनेटको व्यवस्था गर्ने, विद्यार्थि लगवुकको प्रयोग गरी शिक्षकको मुल्यांकन गर्ने, स्थानीय पाठ्यक्रम तयार गर्ने, निशुल्क शिक्षालाई प्रभाकारी बनाउने, प्रश्नपत्र छपाई तथा मसलन्द र व्यवस्थापन लगायत कार्यका लागि रु २ करोड ७ लाख ७१ हजार विनियोजन
  • आदर्श बहुमुखी क्याम्पस गजुरीमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने नियमित तर्फका गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ४ जनालाई छात्रवृत्ति रु ५० हजार विनियोजन ।
  • आफ्नो अध्ययनको अवधि पश्चात कम्तिमा दुई वर्ष न्यूनतम पारिश्रमिकमा गाउँपालिकाभित्र सेवा गर्ने शर्तमा दुई जना विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्न रु १ लाख विनियोजन
  • बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभा र क्षमता प्रस्फुटन गराउन, खेलकुद तथा अन्य रचनात्मक अतिरिक्त क्रियाकलापहरु संचालन गर्न रु ३ लाख विनियोजन

खानेपानी तथा सरसफाई तर्फः

  • खानेपानी साझेदारीमा संचालन गर्न सम्झौता भै कार्य अघि बढाइएका सबै खानेपानी योजनाहरुलाई निरन्तरता दिन, यस अघि खानेपानीमा उल्लेख्य काम गर्न नसकेको वडा नम्बर ७ र ८ मा खानेपानीको योजना निर्माण गर्न, मलेखु बजार खानेपानी सम्पन्न गर्न, पानीका सबै मुहान तथा श्रोतहरुको संरक्षण गनर्, खानेपानीको मुहान अभाव भएका टोल वस्तीहरुमा डिपवोरिङ वा लिफ्ट प्रविधिबाट भए पनि खानेपानी उपलब्ध गराउनका लागि एकमुष्ट रुपमा रु १ करोड ५० लाख विनियोजन
  • फोहोर व्यवस्थापन कार्यक्रमको लागि संघीय सरकारको विशेष अनुदानबाट प्राप्त रकम रु.५० लाख

रोजगारी तर्फ

  • युवाको आय आर्जन बृद्धि गर्ने कार्यक्रम संचालन रु. ५ लाख बराबरको व्याज सहुलियत
  • जेष्ठ नागरिकहरु इतिहासका पाना भएकोले जेष्ठ नागरिक र बालबालिकाहरु बीच समय समयमा अन्तरक्रिया र अनुभव सुनुवाइको कार्यक्रम रु. ९ लाख

सडक

  • सडक संचालन सुचारु गर्न लेन्थ वर्कर राख्न रु. १० लाख
  • हरेक वडाका १÷१ वटा मुख्य सडकहरुलाई डि.पि.आर गर्न रु.३० लाख विनियोजन
  • वडा नम्बर ४ को वडा कार्यलय जाने बाटो निर्माणको लागि रु. २५ लाख
  • रुदेश्वर मन्दिर जाने बाटो निर्माण कार्यको लागि रु. २५ लाख विनियोजन
  • गाँउपालिका हुँदै इलाका प्रहरी कार्यलय जाने बाटोको लागि रु २० लाख विनियोजन
  • घाटबेसी बान्द्रेखोला सडक निर्माण गर्नको लागि रु. १० लाख
  • साडिखोला बान्द्रेखोला सडक संरक्षणको लागि रु १५ लाख विनियोजन
  • किरान्चोकको लाइभलाइनको रुपमा चिनीने मिलनटार पर्खाले, बरबन्ज्याङ सडक निर्माणको लागि रु. २ करोड ५० लाख विनियोजन
  • गजुरी रामवजार भदौरे हटिया नाङी सडक खण्डको ३४ सय मिटर वाटो कालोपत्रे गर्न रु. २ करोड ५० लाख विनियोजन
  • गाउँपालिकाको केन्द्रसंग वडाको केन्द्रसंग जोड्ने सडकलाई उच्च प्राथमिकता दिई ठेक्कावाट शुरुवात गरेका सडकको कार्य पुरा गर्ने गरी यस आ.व.का लागि ५ वटा सडकमा रु १ करोड ५७ लाख विनियोजन
  • सडक निर्माण कार्यलाई वातावरणमैत्री र हरेक योजनाहरुलाई प्रविधियुक्त रुपमा अनुगमन तथा मूल्यांकन पद्दतिमा जोड्न सुचना तथा प्रविधीको शिर्षकमा रु. ७ लाख विनियोजन

विद्युतीकरण

  • काठेपोल तथा नाङ्गो तारको विस्थापनमारु. ८० लाख

भवन तर्फः

  • वडा कार्यालयहरु व्यस्थित गर्न रु १ करोड २० लाख विनियोजन
  • गाँउपालिका भवन निर्माण गर्न रु. १ करोड विनियोजन
  • डोलभञ्ज्याङ मा.वि. छात्रावासलाई रु १५ लाख विनियोजन
  • गजुरी प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि रु १ करोड,
  • किराञ्चोक मा.वि.को छात्रावास निर्माणका लागि रु.५० लाख,
  • किराञ्चोका स्वास्थ्य चौकी भवन निर्माणका लागि रु.१ करोड रकम विनियोजन

संचार तर्फः

  • गाउँपालिकाका सबै गतिविधिहरुलाई संचार जगतसँग जोडिने कार्यक्रमको लागि रु.५ लाख,
  • स्थानीय रेडियो, टेलिभिजन, तथा पत्रपत्रिकाहरुमा समाचार र सूचना प्रकाशन एवं प्रचार प्रसारको लागि रु. ५ लाख विनियोजन

वन वातावरण तर्फ

  • भू–क्षय नियन्त्रणको लागि रु. २५ लाख विनियोजन
  • वापाचुली भ्युटावर निर्माण गर्न रु. १५ लाख विनियोजन

विपद् व्यवस्थापन तर्फ

  • विपद् व्यवस्थापन केन्द्रको स्थापनाको लागि रु. १० लाख विनियोजन

सामाजिक सुरक्षा तर्फ

  • सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित ६ करोड रकम विनियोजन

सुशासन र सेवा प्रवाह तर्फ

  • सम्मान र पुरस्कृत गर्ने कार्यको थालनी गर्न रु. ५ लाख विनियोजन
  • एक वडा एक सार्वजनिक सुनुवाई गर्नका लागि रु. ४ लाख विनियोजन
  • प्रहरी कार्यलय संरक्षणको लागि रु ८ लाख विनियोजन
  • सि.सि. क्यामेराको व्यवस्थापन ५ लाख विनियोजन

सूचना प्रविधि तर्फ

  • विद्युतीय प्रणाली शुरु गर्न रु. ११ लाख ५० हजार. विनियोजन

महिला तर्फ

  • महिला पुरुष सहसिकाई कार्यक्रमको लागि रु ४ लाख
  • महिला सहकारीको साझेदारीमा कोसेली घर सञ्चालन गर्न रु. ५ लाख
  • महिला लक्षित कार्यक्रमहरु संचालन गर्न रु ११ लाख विनियोजन