गजुरी मन्दिरमा शसस्त्र प्रहरी जवान ३ देखि भोकै ‘ध्यान’ मा, मनोविश्लेषक आचार्य भन्नु हुन्छ, तत्काल अस्पताल लैजानु

Avatar photo
Dhadingpost
साउन २१, २०७७

धादिङ साउन २१ । धादिङको गजुरी गाउँपालिका शसस्त्र प्रहरी बेस क्याम्प आदमघाटमा कार्यरत शसस्त्र प्रहरी जवान महिला विगत ३ दिन देखि केहि नखाई आफुलाई देउता आएको भन्दै गजुरी बजार स्थित मन्दिरमा ‘ध्यान’ मा बस्नु भएको छ ।

शसस्त्र जवान पार्वती डल्लाकोटी आफ्नो शरिरमा देवता आएको भन्दै गजुरी मन्दिरमा ‘ध्यान’ मा बसे सँगै उक्त मन्दिरलाई शसस्त्र प्रहरीले नै सुरक्षा दिई रहेको छ ।

डल्लाकोटी सोमबार बिहान ६ बजे देखि ‘ ध्यान’ मा बस्नु भएको हो, बेला-बेलामा पानी माग्नु हुन्छ त्यहि पानी खानुहुन्छ । ‘ ध्यान’ बसेकै बेला कामेर आफ्नै सुरमा बाल्नु हुन्छ । हामीलाई ‘ ध्यान’ कै बीचमा आगामी सोमबार सम्म बस्ने जानकारी गराउनु भएको छ मन्दिरमै सहयोगीको रुपमा रहनु भएको रिता घिमिरेले बताउनु भयो ।

घिमिरेका अनुसार डल्लाकोटी नागपञ्चमी देखि नै काम्ने र शरिरमा देवता चढेको बताउनु हुन्थ्यो ध्यानमा चाहि सोमबारबाट बस्नु भएको हो ।

ध्यानमा रहनु भएको प्रहरी जवान डल्लाकोटीलाई भेट्न गाउँपालिका प्रमुख राजेन्द्र विक्रम बस्नेत, उप प्रमुख सिता ढुङ्गाना, वडा अध्यक्ष लगायतको टिमले खाना खान अनुरोध गरे पनि अस्वीकार गरेको घिमिरेले धादिङपोष्टलाई बताउनु भयो ।

ध्यानमा बस्नु के होला कारण ?

के भन्छन्, धार्मिक विज्ञ
बालतपस्बी उत्तम भट्टजी (महाराज) भन्नुहुन्छ, हरेक मान्छेको आत्ममा भगवान हुन्छन् । ध्यानमा बस्नु, एकाग्र हुनु, ब्रत बस्नु धार्मिक कुरा नै हुन्, तर काम्ने, ध्यान बसेकै अवस्थामा आवाज निकालेर बोल्ने आफुलाई देउता चढेको बताउने चाहि धार्मिक शास्त्रमा भेटिएको छैन ।

के भन्दछन्, मनोविश्लेषक
मनोविश्लेषक बासु आचार्य भन्नुहुन्छ । तत्काल उहाँलाई एम्बुलेन्स चढाएर अस्पताल ल्याउनु पर्छ । उहाँलाई माता भनेर भाकल गर्ने पुजा गर्ने गर्नु हुन्न र मन्दिरमा बसेको ३ दिन भैसकेछ यतिका दिन मन्दिर किन राखि राखेको ? उहाँलाई शक्ति आफुमा आए जस्तो ट्रान्स एन्ड पोसेसन विकार भएको हो । यो रोग लागे पछि आफुमा शक्ति आए जस्तो हुने देवता चढेको फिल हुने, ध्यान बस्ने, आफ्नै सुरमा बोल्ने हुन्छ । हामी बचपना देखि नै सुन्दै आएको भोग्दै आएको कुरा भगवानको, जादु टुनाका कुरा भुत प्रेतका कुरा आफुमा अलिकति अशान्ति भएको बेलामा यो विकार देखा पर्छ । अर्को मेनिया भयो भनेपनि यस्तै हुन्छ उन्माद पैदा हुन्छ, म दुनिया चलाउन सक्छु भन्ने आँट पनि आउन सक्छ त्यसैले यस्तो अवस्थामा तत्काल अस्पताल लैजानु पर्छ ठिक हुन्छ ।