धादिङको उत्कृष्ट फुटबल क्लव भद्रकालीको अब आफ्नै होम ग्राउण्ड

Avatar photo
नारायण सिलवाल
असार २९, २०७७

धादिङ, मलेखु, असार २९ । धादिङ जिल्लामा हाल सम्म ८ वटा जिल्ला स्तरीय फुटबल लिग प्रतियोगिता मध्ये ४ वटा प्रतियोगिता जितेर हाल सम्मको उत्कृष्ट बनेको मलेखु स्थित भद्रकाली स्पोर्टस क्लवका खेलाडीहरुले आफ्नै खेल मैदान पाएका छन् ।

बेनीघाट रोराङ गाउँपालिका स्थित ताल्तीमा निर्माणधिन चिनियाँ सिमेन्ट कम्पनी होङ्सी सिमेन्टकोे २५ लाख र बेनीघाट रोराङ गाउँपालिकाको ३ लाख गरी २८ लाख यो आर्थिक वर्षमा फुटबल मैदान निमार्णमा खर्च भएको छ ।

धादिङ जिल्लामा फुटबलको कुरा गर्दा जिल्ला भर चर्चाको नामका खेलाडी मध्य शैलेन्द्र तामाङ एक हुन् । सालिन र भद्र उत्कृष्ट खेलाडीमा हुनुपर्ने गुण बोकेका भद्रकाली स्पोर्टस क्लवका क्याप्टेन शैलेन्द्र अहिले भद्रकालीबाट मात्र हैन देशबाट नै विस्तापित जस्तै बनेका छन् । नेपालको दुर्भाग्य खेलाडीहरु खेल खेलेर मात्र बाच्न नसक्ने भएपछि उनी रोजगारीका लागि विदेश गए सँगै फुटबल क्षेत्रबाट विस्थापित जस्तै बन्न पुगेका हुन् ।

शैलेन्द्र मात्र हैन भद्रकाली स्पोर्टस क्लवका रामकुमार थापा, रविन्द्र श्रेष्ठ (क्याप्टेन), भरत बराम र हरि उप्रेती बैदेशिक रोजगारीमा छन् । राम्रा खेलाडी मध्य पर्ने रविन्द्र श्रेष्ठ, हरि गुरुङ, रविन सिलवाल, इश्वर मगर, गोकर्ण गुरुङ, सुधिर श्रेष्ठ, अनिल मगर, विष्णु उप्रेती, राजेश मगर, रविन्द्र घले, राजेन्द्र घले, उमेश विक, शैलेस रिजाल, बलबहादुर मगर, गणेशमान श्रेष्ठ, सुन्दर श्रेष्ठ रोजगारीका शिलसिलामा टिम बाहिर छन् ।

यति हुँदा पनि भद्रकाली स्पोर्टस क्लवमा अहिले पनि फुटबलका दुई टिम खेलाडीहरु छन् । लकडाउनका कारण प्रतियोगिताहरु नहुँदा घरमा थुनिएका खेलाडीहरु लकडाउन खुले सँगै खेल क्षेत्रमा फर्कने सोचमा बसिरहेका छन् ।

लकडाउन अघि सम्म विभिन्न ठाउँहरुमा हुने खुल्ला प्रतियोगिताहरुमा भाग लिँदै आएको भद्रकाली स्पोर्टस क्लवमा अहिले पनि राम्रा खेलाडीहरु शैलेन्द्र लामा, आकाश मगर, तारामगर लगायत छन् ।

मलेखु, गजुरी र सिद्धलेकलाई लक्ष्यित गरि बन्न सुरु भएको यस फुटबल मैदानमा अहिले खेलाडीहरुले नियमित अभ्यास गरिरहेको जिल्ला फुटबल संघ धादिङका महासचिव तथा भद्रकाली युवा समाज मलेखुका कोषध्याक्ष एवम् स्पोर्टस अध्यक्ष रामहरि थापाले धादिङपोष्टलाई बताए ।

जिल्लाको ८ वटा फुटबल लिग प्रतियोगिता मध्ये ४ वटा भद्रकाली स्पोर्टस क्लवले ले जित्यो भने अन्य कस्ले जित्यो भन्ने प्रश्न पनि आउन सक्छ, जसमा ३ वटा धादिङबेसी स्थित गोपी कृष्ण भण्डारी क्याप्टेन रहेको धादिङ समाज धादिङले ३ वटा र धुनिबेसी स्थित धुनिवेसी स्पोर्टस क्लवले १ प्रतियोगिता जितेका थिए ।

खेल मैदान निमार्णबारे शैलेन्द्र तामाङको धारणा

हर्ष विभोर छु । मलेखुले आफ्नै गाउँ घरमा खेल मैदान बनाउने बजेट पाउनु नै खेलकुद सम्बन्धी मलेखुको अर्को एक स्टेप फुटबलको क्षेत्रमा उकालो लाग्यो भन्न चाहान्छु । म मलेखु भद्रकालीबाट लगभग १०-१२ वर्षको बाल्यकाल देखि २४ वर्षको उमेर सम्म सानो ठुलो खेल खेल कती बिजय हासिल पनि गरियो भने कति ठाउँमा पराजित भएको अनुभव पनि सँगाले । मेरो दाजुहरुको पालामा होस् या मेरो पलामा वा मेरा भाईहरुको पालामा होस् हामीले कहिल्यै खेल्ने स्थायी खेल मैदान पाएनौं ।

कहिले बागेश्वरी स्कुलको आँगनमा त कहिले खोलाको किनरमा खेलियो । म भद्रकाली मलेखुको क्याप्टेन भएको कारण मैले पनि धरै कोसिस गरें कहिँ कतैबाट सहयोग जुटेन र सोचे जस्तो भएन । अहिले गाउँपालिकाले ३ लाख र चिनियाँ कम्पनी होङ्सी सिमेन्टले पहिलो चरण २५ ला खर्च गरि खेलकुद मैदान बनाई दिएकोमा धन्यावाद दिन चाहान्छु । अझै यस खेलकुद मैदानले पुर्णता पाउन धेरै काम गर्न बाँकी रहेकोले बाँकी काम पनि गाउँपालिका र होङ्सी सिमेन्टले नै गर्ने आशा पनि राख्दछु ।

भद्रकाली स्पोर्टस क्लवमा खेल्दै गर्दा विदेशिन वाध्य खेलाडीहरु
शैलेन्द्र तामाङ (क्याप्टेन)
रामकुमार थापा
रविन्द्र श्रेष्ठ (क्याप्टेन)
भरत बराम
हरि उप्रेती

भद्रकाली स्पोर्टस क्लवबाट अवकाश लिएका खेलाडीहरु

रविन्द्र श्रेष्ठ
हरि गुरुङ
रविन सिलवाल
इश्वर मगर
गोकर्ण गुरुङ
सुधिर श्रेष्ठ
अनिल मगर
विष्णु उप्रेती
राजेश मगर
रविन्द्र घले
राजेन्द्र घले
उमेश विक
शैलेस रिजाल
बलबहादुर मगर
विष्णु उप्रेती
गणेशमान श्रेष्ठ
सुन्दर श्रेष्ठ

भद्रकाली स्पोर्टस क्लवबाट अहिले खेलि रहेका खेलाडीहरु
शैलेन्द्र लामा (क्याप्टेन)
आकाश मगर
तारामगर (क्याप्टेन)
टेकबहादुर मगर
शिव गुरुङ
लक्ष्मण बराम
गणेश सुयाल
दिप मगर
निरुस सिलवाल
विवस अधिकारी
विक्रम श्रेष्ठ
अन्जन सिलवाल
अजय सिलवाल
शान्तलाल गुरुङ
रन्जित माझी
शिव गुरुङ
किरण तामाङ
रवि तामाङ
आयुस तामाङ
शिव जिम्मा
सागर ठकुरी
विशाल श्रेष्ठ
राजिव मगर
अन्जन गरुङ
सुरेश यादव
गोविन्द बराम
बादल मगर
प्रशान्त ठकुरी
सुदिप पुरी
भिषण श्रेष्ठ
रुपक मगर
डेकेन्द्र तामाङ
विजय उप्रती

अर्जुन दनै