म्याग्दीमा पहिरो: ३२ जना वेपत्ता

Avatar photo
Dhadingpost
असार २६, २०७७

म्याग्दी असार २६ । अविरल वर्षापछि पश्चिम म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परि कम्तिमा ३२ जना वेपत्ता भएका छन् ।

भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको हो ।

‘सबैभन्दा धेरै धौलागिरीको मराङमा २२ जना बेपत्ता भएका छन्,’ म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गएको खबर आएको छ। मालिकामा ८ जना, मंगला २ जना हराएको खबर आएको छ लगातार पानी परिरहेको छ। खोला नदी उर्लेको छ उद्धार गर्न पनि कठिनाइ भएको छ।’

बागलुङबाट बिपत् व्‍यवस्थापन टोली, सशस्‍त्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेको भए पनि लगातार पहिरो झरिरहकोले समस्या भएको कुँवरले जानकारी दिए ।

x