
काठमाडौं असार २६ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्ड बीच वान टु वा वार्ताले निस्कर्स निकाल्न सकेको छैन । यहिबेला प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले कसैले पाखुरा सुर्कदैमा प्रधानमन्त्रीले पद नछाड्ने बताएका छन् ।
प्रधानमन्त्रीलाई पदबाट हटाउन विधि र पद्धतिसम्मत तरिकाले आउन चुनौती दिँदै सल्लाहकार थापा भन्दछन् ‘प्रधानमन्त्रीज्युलाई संसदीय दलले निर्वाचित गरेको हो, सांसदहरुले विश्वास गरेसम्म प्रधानमन्त्री रहनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनमा थापाले भने, ‘पार्टी अध्यक्षबाट बिदा गर्ने हो भने अर्को महाधिवेशनमा मात्र मिल्छ ।’
प्रधानमन्त्री ओलीले कुनै हालतमा राजीनामा नदिने थापाको भनाई छ । राजीनामा दिनुपर्ने कुनै कारण पनि नरहेको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीज्युको राजीनामासँग भेट हुन्न । अध्यक्षबाट हटाउँछु भन्नु व्यर्थको कुरा हो सम्भव छैन ।’
