
धादिङबेसी असार २४ । धादिङबेसीमा प्रधान मन्त्री केपी शर्मा ओलीको समर्थनमा नारा जुलुस प्रदर्शन भएको छ ।
आईतबार देखि नै बुधबार दिनको ३ बजे धादिङबेसीमा प्रर्दशन गरिने सूचना सामाजिक संजालमा प्रवाह गरेका ओलि नीकटका युवाहरुले १ घण्टा ढिलो गरि धादिङबेसी पुछारबजार चोकबाट नारा जुलुस प्रदर्शन गरेका थिए ।
राष्ट्रिय युुवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको नेतृत्वमा भएको उक्त प्रदर्शनमा युवाहरुले, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, आजलाई होईन भोलीलाई, जनताको समर्थन ओलीलाई, स्थिर सरकार कायम गर, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् , राजनीतिक स्थिरता कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका थिए ।
असार १४ गते पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चर्किए सँगै प्रधान मन्त्रीको राजीनामा मागिएको थियो । यो सँगै ओलिको समर्थनका ओली नीकटका युवाहरुले प्रदर्शन गर्न थाले सँगैं धादिङमा बुधबार प्रदर्शन भएको हो ।
प्रदर्शनको भिडियो
सम्बन्धित समाचारहरु

