धादिङको मुरलीभञ्ज्याङमा चिया वगान बनाईदै

Avatar photo
Dhadingpost
असार १९, २०७७

धादिङ असार १९ । धादिङ जिल्ला सदरमुकाम नजिकै पर्ने नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका किसानहरुले चिया खेती गर्न सुरुवात गरेका छन् ।

नगरपालिकाको एक वडा एक उत्पादन नीति अनुसार मुरलीभञ्ज्याङका नीगालपानी, झगरे, दुईघरे, हटीया, काफलपानी, छाप, गोलाभञ्ज्याङका किसानहरुले चिया खेती सुरु गरेका हुन् ।

कृषि प्राविधिकहरुले समेत चियाको लागि उपयुक्त हावापनी रहेको बताए सँगै उक्त क्षेत्रका किसानहरुलाई नगरपालिकाले नीलकण्ठ ९ अन्तरगत पर्ने उक्त क्षेत्रहरुका किसानलाई निशुल्क चियाको बिरुवा प्रदान गरेको छ ।

सदरमुकाम नजिकै चियाको पकेट तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित गराउने योजना अनुरुप नगरपालिकाले चियाको विरुवा वितरण गरेको पूर्वाधार विकास समितिका संयोजक राजन बराईलीले धादिङपोष्टलाई बताए ।

करिब ३०० जना किसानहरुको लागी इलामको एक नर्सरीबाट ल्याईएको गुम्ती ७८ जातको कुल ५० हजारको संख्या चियाको विरुवा वितरण गरिएको समेत संयोजक बराईलीले बताए । फोटोः दोलख गुरुङ

यस क्षेत्रमा नगरपालिकाले गत आर्थिक वर्ष देखि नै चियाको बिरुवा वितरण गर्दै आएको थियो ।

गत वर्षको समाचार: धादिङको नीगालपानीमा चिया खेतीको सुरुवात

x