
काठमाडौं असार १६ । सरकारले कोरोना भईरस रोक तथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि सुरुभएको बन्दाबन्दी (लकडाउन) साउन ७ गते सम्मलाई लम्ब्याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन् । फाईल फोटो

