
काठमाडौं असार ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव सुरु भए सँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसा र साँझ पनि वर्षाको सम्भावना रहेको छ ।
हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली रहेको छ । प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।
