
धादिङ असार ३ । प्रतिबन्धित लागुऔषध सहित गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको हो ।
गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार पक्राउ पर्नेमा गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठक रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन र १९ हजार २ सय रूपैयाँ समेत बरामद गरेको प्रहरी निरीक्षक थापाले धादिङपोष्टलाई बताए ।
