युएईमा अलपत्र परेका नेपालीहरुको उडान असार २ बाट सुरु हुने

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

हरि नेपाली

युएई जेष्ठ ३० । कोरोना भाइरसको महामारीका कारण युएईमा अलपत्र परेका नेपालीको उद्दार कार्य आगामी मंग्लवार देखि हुने भएको छ ।

युएई स्थित नेपाली दूतावासका अनुसार आउँदो मंगलबार अर्थात जुन १६ मा दुबईबाट नेपाल एअरलाइन्सको जहाज मार्फत पहिलो उडान हुनेछ भने जुन १८ तारीख बिहिवार दुबई बाट नै दोस्रो उडान हुने भएको छ । यस्तै जुन २० शनिबारका दिन हिमालयन एअर मार्फत तेस्रो र जुन २३ तारीख मंगलबार अबुधाबी बाटै चौथो उडान हुने जानकारी दिएको छ।

नेपाल सरकारले तोकेको प्राथमिकता क्रम अनुसार निर्धारण हुने चार्टर्ड उडानको हवाई भाडा यात्रु स्वयंले बुझाउनुपर्ने दूतावासले बताएको छ ।सरकारले चार्टर्ड उडानको लागि निर्धारण गरेको भाडादर अनुसार युएई देखि नेपाल सम्म ५०० अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ झन्डै ५८ हजार ७ सय रहेको दूतावासले जनाएको छ।

यसरी चार्टर्ड उडानमा जाने ब्यक्तिले कोरोना भाइरसको अनिवार्य परिक्षण गराउनुपर्ने ,हवाई उडानका क्रममा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने ,हवाई भाडा देखि नेपालमा रहदा क्वारेन्टाइन खर्च र यातायात खर्च आफैले ब्यहोर्नुपर्ने दूतावास द्वारा जारी सुचनामा उल्लेख छ ।

दूतावासले प्राथमिकता क्रम अनुसार चार महिना भन्दा बढिको गर्भवती महिला ,कोरोना बाहेकका गम्भीर बिरामीहरु,क्यान्सर मिर्गौलाको डायोलासिस गरेका ब्यक्तिहरु अल्सर मुटुरोग आदिका बिरामी र आफन्त गुमाएका ब्यक्तिहरुलाइ पहिलो चरणमा पठाउने तयारी गरेको बताउदै त्यस्ता समस्या भएका हरुले दूतावासको इमेल eonabudhabienquiry@gmail.com मा कागजात पठाउन अनुरोध गरेको छ।

प्राथमिकतामा परेका ब्यक्तिहरुले नेपाल एअर्लाइन्सको युएई स्थित शाखाको नम्बर 0४२८२८२९१ वा इमेल reservation@nepalairlines.ae र हिमालयन एअर्लाइन्सको युएई स्थित शाखाको नम्बर ०४३५९००३३ अथवा इमेल sales.dxb@himalaya-airlines.com मार्फत टिकट बुकिङ गर्न सक्नेछन ।

x