
मकवानपुर जेष्ठ २८ । किसानले युरिया मल नपाएको बिषयमा स्थलगत समाचार संकलनको क्रममा पत्रकार बलराम पुडासैनीलाई अपशब्द प्रयोग र हातपात गर्ने हेटौंडा ९ निवासी रमेश गेलाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार पत्रकार पुडासैनी दिएको किटानी जाहेरीको आधारमा रमेश गेलाललाई पक्राउ गरिएको हो ।
पत्रकारमाथिको दुव्र्यवहारको निन्दा गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल प्रेस युनियन र राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुर लगायत संचार माध्यमसँग सम्बन्धित संघ संस्थाले प्रेश विज्ञप्ति जारी गरि पत्रकार माथि गरिएको हात पात र दुव्र्यवहारको भत्सर्ना गरेका छन् ।
