नेपालमा आज थपिए ३२३ जना संक्रमित

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७७

कोरोना संक्रमित ४ हजार ८५ पुग्यो, ५५४ जनालाई निको, १५ जनाको मृत्यू

काठमाडौ जेष्ठ २७ । मंगलबार मात्र ३२३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोोना भाईरस (कोभिड १९) संक्रमित हुनेहरुको संख्या ४ हजार ८५ जना पुगेका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमा ३१ महिला सहित २९२ पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार मंगलबार थप ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । उनीहरुमध्ये ८ जना महिला र ८८ जना पुरुष छन् ।

यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५८४ पुगेका छन् । हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

x