
धादिङ जेष्ठ २६ । सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ र यसबाट नै वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा प्राप्त हुन्छ भन्ने विश्वास बढिरहेको बेला धादिङमा प्राविधिक शिक्षा पढाउने विद्यालयहरु संख्या १० वटा पुगेका छ ।
आगामी आर्थिक वर्ष देखि कक्षा संचालनका लागि नेत्रावती डब्जोङ गाउँपालिकाको नीरन्जना मावि मार्पाक र त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत कार्की गाउँ माविले स्वीकृत पाए सँगै प्राविधिक शिक्षा पढाउने विद्यालयहरुको संख्या १० वटा पुगेको हो ।
धादिङका १० वटा प्राविधिक शिक्षा पढाउने विद्यालय मध्य दुई वटा कर्णेश्वर मावि नीलकण्ठ र अन्नपूर्ण मावि खरीले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी) अन्तरगतका हुन् भने अन्य ८ वटा सरकारी हुन् ।
जसमा कक्षा ९ बाट नीलकण्ठ माध्यामिक विद्यालय नीलकण्ठ, जनजागृती माध्यामिक विद्यालय थाक्रे, वागेश्वी माध्यामिक विद्यालय गल्छी, नीरन्जना माध्यामिक विद्यालय मार्पाकमा सिभिल इन्जिनियरिङ पढाई हुन्छ यसमा नीरन्जनाले आगामी वर्ष देखि मात्र पढाउने स्वीकृत भाएको हो ।
यसरीगरी कक्षा ९ बाट कृषि तर्फ बाली विज्ञान पढाउने विद्यालयहरुमा मण्डली माध्यामिक विद्यालय फुलखर्क, सत्यवती मावि आदमटार र चन्द्रोदय मावि विशालटार रहेका छन् ।
पशु विज्ञान पढाउने विद्यालयहरुमा सिटिभिटी अन्तरगत कर्णेश्वर माध्यामिक विद्यालय सुनौलाबजार र अन्नपूर्ण माध्यामिक विद्यालय खरी सरकारी सरकारी तर्फ कार्की गाउँ माध्यामिक विद्यालय सल्यानकोट रहेका छन् ।

